वैशाख ३१, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदववार चिरिबाबु महर्जनले अहिलेसम्म ५० प्रतिशत बढी मत पाएका छन्।
शनिवार साँझसम्म ४०० मत गन्दा उनले २१९ मत पाएका छन्। अर्थात् उनका पक्षमा ५४ दशमलव ७५ प्रतिशत मत आएको छ। उनका प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन्। उनको २४ दशमलव २५ प्रतिशत मत आएको छ।