ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई ४५% भन्दा बढी मत

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found

वैशाख ३१, धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सदर मतको ४५ प्रतिशत मत पाएका छन् ।

धनगढीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार हमालले ५५३ मत गणना गर्दा २५० मत पाएका छन् ।

उनलाई सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुखका प्रत्याशी नृपबहादुर वडले १६७ मतसहित पछ्याइरहेका छन् ।

तेस्रोमा नेकपा एमालेका रणबहादुर चन्दले २७ मत पाएका छन् । उपप्रमुखमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले ११८ मत पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ८९ मतसहित पछ्याइरहेका छन् ।उपप्रमुखमै एमाले प्रत्याशी कन्दकला रानाथारूले ७६ मत पाएकी छिन् ।

आज मध्याह्नदेखि सुरु भएको उमहानगरपालिकाको मतगणनामा बदर मतको सङ्ख्या बढ्दै गएको देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५५३ सदर मतमा १०० मत बदर भएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement