ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

६ ओटै महानगरमा एमाले पछि पर्यो, काठमाडौंमा बालेन र अन्यमा गठबन्धनका उम्मेदवारको अग्रता

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाखा ३१, काठमाडौं । निकै चासोपूर्वक हेरिएको काठमाडौं र भरतपुर सहित ६ ओटै महानगरपालिकामा एमालेका उम्मेदवार पछि परेका छन् ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहँदा एमालेका उम्मेदवार केशव स्थापित  १०० भन्दा बढी मतान्तरमा पछि परेका छन् । साहले ७३६ मत ल्याउँदा स्थापितले ६२० मत ल्याएका छन् । 

त्यस्तै अर्को चासोका साथ हेरिएको भरतपुर महानगरमा पनि गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालको अग्रता कायमै रहेको छ ।

भरतपुरमा माओवादी केन्द्रकी दाहालले ३७४ मत ल्याउँदा एमालेका विजय सुवेदीले ३०४ मत ल्याएका छन् ।

त्यस्तै उपत्यकामा रहेको ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका महर्जनले २१९ मत पाउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन् ।

त्यस्तै विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कोइरालाले ६१२ मत पाउँदा एमालेका सागर थापाले ४५३ मत पाएका छन् ।

त्यस्तै मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकामा पनि पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार सिंहले ७९ मत पाउँदा एमालेका उम्मेदवार विजयकुमार सरावगीले ५३ मत पाएका छन् ।

त्यस्तै पोखरा महानगरपालिकाको मतगणनामा पनि गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ७६ मत सहित अग्रता लिएका छन् । एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ७४ मत प्राप्त गरेका छन् । राससको सहयोगमा

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement