ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

डडेलधुरा र गुल्मीमा जितेपछि कांग्रेस ५ पालिकामा विजयी, एमालेले ६ पालिका जित्दा गठबन्धन ८ मा विजयी

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यो संगै कांग्रेसले ५ ओटा स्थानीय तहमा जित हात पारेको छ । 

नेकपा एमालेले ६ ओटा स्थानीय तहमा जित हात पारेको छ । तर गठबन्धनलाई एकातिर राख्दा भने एमाले पछि परेको छ ।

गठबन्धनबाट अहिलेसम्म ८ ओटा स्थानीय तहमा जित हात पारेका छन् । कांग्रेस ५, एकिकृत समाजवादी २ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित हात पारेका छन् ।

को कहाँ विजयी ?

नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) : कान्छा घले 
चामे गाउँपालिका (मनाङ)  : लोकेन्द्रबहादुर घले
घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)  : लोप्साङ छोम्पेल विष्ट
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) : रिङजिन नामगेल गुरुङ
लोमान्थाङ गाउँपालिका (मुस्ताङ) : टसी न्वर्वु गुरुङ 
से फोक्सुण्डो गाउँपालिका (डोल्पा) : धावा सम्डुङ गुरुङ 

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु

नार्पा भूमी गाँउपालिका (मनाङ) : कोन्जो तेन्जीङ लामा विजयी
नासोँ गाउँपालिका (मनाङ) : धनबहादुर गुरुङ 
घरपोझङ गाउँपालिका (मुस्ताङ) :  मोहनसिंह लालचन 
गन्यापधुरा गाउँपालिका (डडेलधुरा) : इन्द्रबहादुर कार्की
रेसुङ्गा नगरपालिका (गुल्मी) : खिलध्वज पन्थी
 

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
छार्का साङतोङ गाउँपालिका (डोल्पा) : सेनाङ गुरुङ 
काइके गाउँपालिका (डोल्पा) : अंगदकुमार राना

नेकपा माओवादी केन्द्र
जगदुल्ला गाउँपालिका (डोल्पा) : नारसिङ रोकाया

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement