जेठ १, चितवन । भरतपुर महानगरपालिकामा १२५० मत गन्दा रेणु दाहालको अग्रता कायमै रहेको छ । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पच्छाइरहेका छन् ।
माओवादी केन्द्रकी रेणु दाहाल (५ दलीय गठबन्धन)ले ४८३ मत पाउँदा विजय सुवेदी (एमाले/राप्रपा गठबन्धन)ले ४०२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार
जगन्नाथ पौडेल (भुइँ कटहर)ले १५७ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी (५ दलीय गठबन्धन)ले ५३६ मत ल्याउँदा हिमला गुरुङ (एमाले/राप्रपा गठबन्धन)ले ३२० मत ल्याएकी छिन् ।