ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वबजारमा गहुँको मूल्य आकाशियो, २ महीना यताकै उच्च

२०७९ जेठ, २  
अन्तरराष्ट्रिय उपभोक्ता
Image Not Found

वाशिङटन डीसी (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा गहुँको भाउ बढेको छ । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा गहुँको भाउ उकालो लागेको हो ।

शिकागोमा आइतबार गहुँको बेञ्चमार्क इन्डेक्स ५ दशमलव ९ प्रतिशतले बढेर प्रति बुशेल १२ डलर ४६ सेन्टमा पुगेको थियो । गहुँको भाउमा भएको यो २ महीनायताकै उच्च  वृद्धि हो । यो वर्षको अहिलेसम्मको अवधिमा गहुँको भाउ ६० प्रतिशतले बढिसकेको छ । फलतः हालैका महीनाहरुमा गहुँको पिठो देखि केक र चाउचाउदेखि पास्तासम्म सबैको भाउ बढेको छ । 

भारत रुस, ईयू, अष्ट्रेलिया, अमेरिका, युक्रेन, अर्जेन्टिना र क्यानडा पछि विश्वको आठौं ठूलो गहुँ निर्यातकर्ता पनि हो । भारतले लगाएको प्रतिबन्ध अस्थायी भएको र यसमा पुनवलोकन हुन सक्ने बताइएको भएपनि अप्रत्याशित रुपमा निर्यात बन्द गर्ने भारत सरकारको निर्णयले विश्वभर खाद्य संकट झनै बढ्ने भय चुलिएको छ । भारतले पछिल्लो प्रतिबन्ध सामान्य समयमा लगाएको भए विश्व बजारमा यसको प्रभाव नगन्य हुन्थ्यो । 

तर रुसले युक्रेनमाथि हमला गरेपछि विश्व बजारमा गहुँको आपूर्ति प्रभावित भएकै समयमा भारतको प्रतिबन्धको निर्णयले समस्या झनै बल्झाएकोले गहुँको भाउ बढेको विश्लेषकहरु बताउँछन् । विश्वको कूल गहुँ निर्यातमा युक्रेनको हिस्सा १२ प्रतिशत छ । फेबु्रअरीको अन्त्यमा युक्रेनमाथि रुसले हमला गरेयता विश्व बजारमा युक्रेनी गहुँको आपूर्ति बिग्रिएको छ । 

त्यसमाथि विश्वभर मलखादको अभाव र कम उब्जनीका कारण पनि माग अनुरुपको आपूर्ति हुन नसक्दा विश्वभर गहुँ र अन्य अन्नको भाउ मँहगिएको छ । गरिब देशहरुमा सामाजिक अशान्ति र भोकमरी नै उत्पन्न हुने हो कि भन्ने भय बढेको छ । भारतले उत्पादन घटेको र खाद्य असुरक्षा बढेको हो भन्दै शनिबार गहुँको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x