ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हस्तकलाको सौगात पस्कँदै सौगात गृह

२०७९ जेठ, ३  
१० वर्ष अघि
NA

झट्ट हेर्दा कुनै डिर्पाटमेन्टल स्टोर जस्तै लाग्ने सौगात गृहको एउटा ठूलो कोठामा हस्तकलाका धेरैजसो सामान पाइन्छन् । यहाँ बाँसका पे्रmम, आयुर्वेदिक साबुन, म्याट, अल्लाको लुगा, काठका सामानदेखि अचार, मह, तितौरासम्मका सामान राखिएका छन् । त्रिपुरेश्वरस्थित यस  गृहमा लघु उद्यमीहरूले तयार पारेका उपहार दिन,  घर सजावटका लागि प्रयोग गर्न उपयुक्त हुने हस्तकलाका सामान रहेका छन् ।

यहाँ विभिन्न जिल्लाका लघु उद्यमीहरूले तयार पारेका सामानहरूलाई एकै ठाउँमा संकलन गरी राखिएको सञ्चालक टेकराज डाँगी बताउँछन् । यहाँ विशेष गरी उद्योग मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संयुक्त आयोजनामा सञ्चालन गरिएको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम लिएका उद्यमीहरूले तयार पारेका सामानहरू राखिएका छन् । थोरै संख्यामा उत्पादन भएका सामग्रीको बजार व्यवस्थापन गर्न सौगात गृह खोलिएको डाँगीको भनाइ छ ।

लघु उद्यमीले घरको कामपछि फुर्सदको समयमा मात्र सामान बनाउने गर्छन् । यसरी बनाइएका सामानहरू थोरै हुने भएकाले सीमित हुने गरेका छन् । यी सबै सामान एकै ठाउँमा सौगात गृहले उपलब्ध गराएको छ । ‘स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइएका यी सामानहरूमा नेपालीपन देख्न सकिन्छ । परम्परादेखि बनाइँदै आएका गुन्द्री, ढक्की उनीका झोला, पिरालाई आकर्षक पाराले बुनिएको छ । त्यसैले बजारमा यी सामानको माग छ,’ डाँगी भन्छन् ।

वर्ष ५ अंक  ५१, २०६७, भदौ ७–१३

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x