ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विजयी र्‍यालीभन्दा कम छैन राष्ट्रिय सभागृहमा बालेन समर्थकको क्रेज : फोटो फिचर

२०७९ जेठ, ३  
Slider फोटो फिचर
Image Not Found
author avatar सुनिल शर्मा

जेठ ३, काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेको छ ।

महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले शुरुदेखि नै अग्रता कायम गरेका छन् । आफ्ना निकटतम प्रतिद्वन्दीभन्दा ६ हजार बढी मत ल्याएर अग्रस्थानमा रहेका बालेनको समर्थनमा सर्वसाधारण युवाहरू दिनदिनै सभागृह पुगिरहेका छन् ।

घाम पानी नभनेर बालेनको समर्थनमा नारा लगाएको दृश्य हेर्दा यो कुनै विजयी र्‍यालीभन्दा कम देखिन्न । मतदान सकिएको ४ दिन बितिसक्दा सम्म आधा मत पनि गन्न नसकेको निर्वाचन आयोगले अझै कित दिन लगाउँछ भन्ने टुङ्गो छैन । र काठमाडौंको मेयरमा को निर्वाचित हुने हो भन्ने पनि टुङ्गो छैन । तर अहिलेको अग्रता कायम राखिरहने हो भने काठमाडौ महानगरमा बालेन नै मेयर चुनीने छन् ।

राष्ट्रिय सभागृहमा भने बालेनले चुनाव जितिसकेको जसरी उनको पक्षमा नारा लागिरहेका छन्, हेर्नुहोस तस्वीर समाचार :

फोटो : सुनिल शर्मा/आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x