जेठ ४, काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षा कोषले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) को पदका लागि आवेदन माग गरेको छ।
सरकारद्वारा गठित छनोट तथा सिफारिस समितिले उक्त पदमा नियुक्तिका लागि बुधवार आवेदनको सूचना प्रकाशित गरेको हो । उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरि सूचनामा उल्लेख छ ।
आवेदक मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानून, लेखा, बैंकिङ वा बीमा व्यवसायमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने छ।
आवेदकसँग आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा कम्तिमा अधिकृत द्वितिय श्रेणी वा सो सरहको पदमा कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्ने छ।
योग्य आवेदकले आगामी जेठ २१ गतेसम्म गोप्य सिलबन्दीमार्फत आवेदन पेस गर्न सक्नेछन्। छनोट समितिले योग्य उम्मेदवारबाट उत्कृष्ट तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरिने बताएको छ।