कोलम्बो (श्रीलंका) । श्रीलंकाले बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकबाट १६ करोड डलर पाएको छ ।
अत्यावश्यक वस्तुको आयातका लागि चाहिने भुक्तानी पूर्तिका लागि सेतु वित्तपोषणअन्तर्गत सो रकम सहायता पाएको बुधवार श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमेसिंघेले बताएका हुन् ।
सो कोषलाई इन्धन आयातमा प्रयोग गर्न सकिन्छ कि भनेर आफूहरुले काम गरिरहेको संसदमा बोल्ने क्रममा उनले बताएका छन् । श्रीलंकाले अहिले दशकौं यताकै चरम आथिक संकट भोगिरहेको छ । विदेशी विनिमय सञ्चिति सुकेपछि सरकार अहिले दैनिक अत्यावश्यक सामान आयात गर्न नसक्ने अपस्थामा पुगेको छ ।
पछिल्लो समय श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो आर्थिक संकट बेहोरिरहेको छ ।एजेन्सी