ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ग्रिल उद्योगको दर्ता पुनः खुल्ने

२०७९ जेठ, ५  
१० वर्ष अघि
NA

सरकारले रोक्का गरेको ग्रिल उद्योगहरूको दर्ता पुनः खोल्ने भएको छ । ग्रिल उद्योगहरूलाई घरेलु तथा साना उद्योगअन्तर्गत दर्ता गर्ने तयारी गरिएको छ । काठमाडौं  उपत्यकामा विगत १३ वर्ष अगाडिदेखि यसको दर्ता रोक्का रहेको थियो ।  गत जेठ १८ गते व्यवसायी र उद्योग मन्त्री महेन्द्र यादवबीच तत्काल दर्ता प्रक्रिया खुला गर्ने सहमति भएको हो । ग्रिल उद्योगलाई दर्ता प्रक्रियामा लैजान सुझाव दिनका लागि घरेलु तथा साना उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति निर्माण गरिएको छ ।  वातावरण र स्वास्थ्यका दृष्टिले संवेदनशील विषय भएकाले गम्भीर छलफल भइरहेको समितिका संयोजक विष्णुप्रसाद अर्यालले बताए ।

२०५४ सालमा उद्योग प्रवर्द्धन केन्द्रले वातावरण प्रदूषण हुने भन्दै काठमाडौं उपत्यकामा दर्ता रोकेको थियो । दर्ता रोकिएपछि काठमाडौं उपत्यकामा मात्र विनादर्ता झन्डै ४ हजार उद्योग सञ्चालनमा रहेका छन् । हाल देशभर ७ हजारभन्दा बढी उद्योग रहेका छन् । यसबाट मुलुकले ठूलो परिमाणको राजस्व गुमाइरहेको छ ।

चालू आर्थिक वर्षमा ग्रिल व्यवसायमा करिब १० अर्बको कारोबार भएको छ र यो गत आवको भन्दा १ अर्बले बढी हो । गत आव यो व्यवसायमा करिब ९ अर्ब ५० लाखको कारोबार भएको थियो । २०५४ सालमा दर्ता प्रक्रिया रोक्का गर्दा यस व्यवसायमा वार्षिक ४ अर्बको कारोबार हुन्थ्यो । त्यसबेला मुलुकभर ३ सयवटा मात्र ग्रिल उद्योग सञ्चालनमा थिए ।  

वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x