ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउन रोक, पास नलिई गाडी चलाए जफत गर्न ट्राफिकलाई निर्देशन

२०७९ जेठ, ५  
यातायात
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

जेठ ५, काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक लगाउने निर्णय गरेको छ ।

शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णयपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त दिन सरकारी सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

बिहीवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुने, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन नपाइने प्रशासनको भनाइ छ ।

पास नलिई र अत्यावश्यक बाहेक सवारी साधन चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x