ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

घोराही उपमहानगरको प्रमुख र उपप्रमुखमा एमाले विजयी

२०७९ जेठ, ६  
लुम्बिनी प्रदेश
Tvs Raider NA

दाङ (अस) । दाङको घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारलाई फराकिलो मतले पछि पार्दै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवारलाई पछि उपमहानगर प्रमुखमा एमालेका नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी निर्वाचित बनेका हुन् ।

चौधरीले ३१ ह्जार ७२८ मत प्राप्त गरेका थिए भने गठबन्धनबाट मेयरका उम्मेदरवार बनेका माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३६८ मत प्राप्त गरेका थिए । त्यसैगरी उपमेयरमा डिसी ३० हजार ४०३ मत प्राप्त गर्दै निर्वाचित भइन् । एमालेले घोराही उपमहानगरपालिकाका प्रमुख उपप्रमुखसहित १९ वडामध्ये १३ वडामा जितेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)