ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आर्थिक क्षेत्रसँग सम्बन्धित १४ विधेयक अन्योलमा

२०७९ जेठ, ६  
१० वर्ष अघि
NA

राजनीतिक समीकरणको खिचातानीमा व्यवस्थापिका संसद्को नियमित कामकारबाही अवरुद्ध हुँदा आर्थिक क्षेत्रसँग सम्बन्धित १४ वटा विधेयक लामो समयदेखि विचाराधीन रहेका छन् । संसद्मा प्रस्तुत भएका विधेयक समयमा पारित हुन नसक्दा आर्थिक क्षेत्रमा अन्योल थपिएको छ ।

संवैधनिक कानुन विशेषज्ञ डा. भीमार्जुन आचार्यले संसद्मा प्रस्तुत भएका विधेयक लामो समयसम्म पारित नहुँदा त्यसको उद्देश्य पूरा नहुने र त्यसले विधेयकको औचित्य समेत समाप्त हुनसक्ने बताए ।

यस्ता धेरै विधेयक लामो समयसम्म व्यवस्थािपका संसद्मै अड्किनुमा पटकपटक सरकार परिवर्तन हुनु कारण रहेको संसद् सचिवालयका उपसचिव मनोज गिरीको भनाइ छ । संसदीय प्रणालीमा विधेयक पारित हुन केही समय भने लाग्ने उनले बताए । आर्थिक विधेयकहरू संसद्मा रहेका कारण लगानीकर्ताहरु समेत अन्योलमा रहेको व्यवसायीको गुनासो छ । ‘महत्त्वपूर्ण र अत्यावश्यक विधेयक लामो समयसम्म ससद्मै अड्किनुले सरकार आर्थिक क्षेत्रप्रति उदासीन रहेको प्रष्ट हुन्छ’ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले भने ।

महत्त्वपूर्ण विधेयकहरू समयमा पारित नहुँदा मुलुकमा लगानीको वातावरण समेत बन्न नसकेको व्यवसायीहरूको गुनासो छ । संसद्मा रहेका विशेष आर्थिक क्षेत्र विधेयक २०६५, घरजग्गाको व्यावसायिक कारोबार सम्बन्धी विधेयक २०६६, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०६६ पारित नहुँदा सम्बन्धित क्षेत्रका व्यवसायीहरूलाई बढी समस्या परेको छ । कानुन पारित नहुँदा मुलुकको आर्थिक परिसूचकहरू समेत प्रभावित हुने अर्थविद् डा.विश्वम्भर प्याकुरेलको धारणा छ ।

वर्ष ५, अंक ५१, २०६७, भदौ ७–१३

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x