ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हुवावेई र जेडटीईका ५जी उपकरणमा प्रतिबन्ध लगाउँदै क्यानडा, प्रतिबन्ध लगाउने देशको संख्या ५ पुग्यो

२०७९ जेठ, ६  
समाचार प्रविधि
Image Not Found

ओट्टावा (क्यानडा) । क्यानडाले चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनीहरु हुवावेई टेक्नोलोजिज र जेड्टीईको फाइभजी उपकरणको प्रयोगमा प्रतिबन्ध लगाउने योजना बनाएको छ ।

बिहीवार त्यहााका उद्योग मन्त्रीले यस्तो बताएका हुन् । योसँगै क्यानडा यी दुई चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनीको उपकरणमाथि प्रतिबन्ध लगाउने फाइभ आईज एलायन्सको पछिल्लो देश बनेको छ । यस अघि नै समूहमा रहेका अष्ट्रेलिया, न्यूजिल्यान्ड, अमेरिका र बेलायतले यस्तो निर्णय गरिसकेका छन् ।

आफूहरुले देशको फाइभजी सञ्जालमा हुवावेई र जेड्टीईलाई बाहिर राख्न लागेको क्यानडाका उद्योगमन्त्री फ्रान्स्वाँ फिलिप श्याम्पेनले ओट्टावामा आयोजित पत्रकार सम्मेलनमा भने । यस अघि नै यी दुई कम्पनीका उपकरण जडान गरिसकेका सेवा प्रदायकहरुले यसको प्रयोग बन्द गरेर यसलाई हटाउनु पर्ने उनले बताए । कम्पनीहरुले यी दुई कम्पनीका फाइभजी उपकरण सन् २०२४ को जुनसम्ममा हटाइसक्नु पर्ने श्याम्पेनको भनाइ छ । यसको क्षति पूर्ति पनि नदिइने उनले बताएका छन् ।

फोरजी उपकरण प्रयोग गर्ने कम्पनीहरुले चाँहि सन् २०२७ को अन्त्यसम्ममा यसलाई हटाउनु पर्नेछ । हुवावेई र जेड्टीईको उपकरणमा प्रतिबन्ध लगाउने क्यानडाको निर्णय अपेक्षाकृत हो ।  चीनसँग कूटनीतिक तनावबीच यो निर्णय ढिला गरिएको हो । सन् २०१८ को सेप्टेम्बरमा क्यानडाले पहिलो पटक हुवावेईको उपकरणले राष्ट्रिय सुरक्षामा उत्पन्न गराउन सक्ने खतराको समीक्षा गर्ने घोषणा गरेको थियो ।

सोही वर्षको डिसेम्बरमा हुवावेईकी प्रमुख कार्यकारी अधिकृत (सीएफओ) मङ वाङचाउलाई क्यानडाले अमेरिकाको अनुरोधमा पक्राउ गरेको थियो । सो पछि चीनसँग क्यानडाको सम्बन्ध चिसिएको थियो । गत वर्ष सेप्टेम्बरमा मङलाई रिहा गरेपछि दुई देशबीचको विवाद अन्त्य भएको थियो । पछिल्लो समय दुई देशबीच कूटनीतिक तनाव केही साम्य भएको छ ।

बुधवार चीनले क्यानडाबाट क्यानोला बिउको आयातमा लगाएको तीन वर्षे प्रतिबन्ध हटाएको थियो । मङ पक्राउ परेपछि सो को प्रतिकारमा चीनले क्यानोलाको बिउ आयात बन्द गरेको थियो । क्यानडाको पछिल्लो कदमले दुई देशबीच सम्बन्धमा पर्ने असर भने हेर्न बाँकी छ । एजेन्सी

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x