ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सनराइज फर्स्ट म्युचुअल फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

२०७९ जेठ, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २१७ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ । 

प्रभु सेलेक्ट फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम १, सनराइज फर्स्ट म्युचुअल फण्ड,एनआईसी एशिया ब्यालेन्स फण्ड र सेञ्चुरी कर्मशयिल बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको हो । 

यी पाँच धितोपत्र मध्ये प्रभु सेलेक्ट फण्डको सबैभन्दा बढी २ लाख १ हजार ४०० इकाई खरीद माग रहेको छ । त्यसैगरी ग्लोबल आइएमई समुन्नतको १ लाख ४५ हजार १४ इकाई,सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख २३ हजार २ सय इकाई,एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख १५ हजार १३० इकाई र सेञ्चुरी कर्मशियल बैंककको १ लाख ५ हजार २७७ कित्ता शेयर खरीद माग रहेको हो । 

यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १३ दशमलव ४८ अंक घटेर २ हजार २३७ दशमलव ४३ विन्दुमा झरेको छ भने कुल रू. ५१ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x