जेठ ७, काठमाडौं । काठमाडौं - तराई / मधेस द्रुतमार्ग सडक आयोजनाले करार सेवामा कर्मचारी माग गरेको छ ।
आयोजनाले खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवा नियुक्त गर्नको लागि हाइवे डिजाइन इञ्जिनीयरतर्फ दुई जना र पुल तथा स्ट्रक्चर डिजाइनर इञ्जिनीयरतर्फ दुई जना र टनेल इञ्जिनीयरतर्फ दुई जना कर्मचारी माग गरेको हो ।
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचेको दुईप्रति तस्वीरसहित व्यक्ति स्यवं उपस्थित भई आयोजनाको कार्यालय नित्यकाली शिविर जंगी अड्डा, काठमाडौमा दरखास्त दिन सक्नेछन् ।