ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अडानको छैटौं प्रदेश अधिवेशन सम्पन्न

२०७९ जेठ, ८  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाल अडिटर्स एशोसिएशन (अडान)को छैटौं प्रदेश अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेश समितिको छैटौं प्रदेश अधिवेशन नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका परिषद् सदस्य एवं समितिका अध्यक्ष केशबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

शुक्रवार पोखरामा सम्पन्न अधिवेशनको उद्घाटन प्रमुख अतिथिसमेत रहेका अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले गरेका थिए । सभामा समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x