ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालय एअरलाइन्स्का कर्मचारीद्वारा सगरमाथा आरोहण

२०७९ जेठ, ८  
बजार
Image Not Found

काठमाडौं (अस) । हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ओम्निका डंगोलले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन् । डंगोलसहितको टोलीले गत २ जेठमा सगरमाथा आरोहण गरेको हो । उक्त आरोहणलाई हिमालय एअरलाइन्स्ले ऐतिहासिक आरोहण भएको दाबी गरेको छ ।

मे २० मा डंगोल काठमाडौं फर्केपछि गैरीधारास्थित एअरलाइन्स्को कार्यालयमा हिमालय परिवारद्वारा उनलाई स्वागत गरिएको छ । स्वागत कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङले डंगोलसहितको टोलीलाई स्वागत गरेका थिए । ‘यो हाम्रा लागि निकै महत्त्वपूर्ण क्षण हो । ओम्निका डंगोल हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्किएकोमा हामी अत्यन्त खुशी छौं,’ उनले भने । हिमालय एअरलाइन्स्का लागि यो वास्तवमै सुखद उपलब्धि हो ।’

कम्पनीले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ शुरू गरेको थियो ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्स्का मुख्य उद्देश्यमध्ये एक उद्देश्य नेपाली पर्यटन प्रवद्र्घन गर्नु पनि रहेको बताए । सो परियोजना नेपालको पर्यटन प्रवद्र्घनमा हिमालयको सानो कदम मात्र रहेको उनको भनाइ छ । परियोजना सफल भएपछि डंगोलले सर्वोच्च शिखरमा हिमालय एअरलाइन्स्को प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवको विषय रहेको बताइन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x