ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनआईबीएल एस क्यापिटलद्वारा अन्तरक्रिया सम्पन्न

२०७९ जेठ, ८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनआईबीएल एस क्यापिटलले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले शुक्रवार प्रदेश १ स्थित बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाको सम्बोधन गरेका थिए । साथै कार्यक्रममा धितोपत्र बजारका विभिन्न आयामका बारेमा समेत छलफल गरिएको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न प्रदेशमा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने क्यापिटलले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x