काठमाडौं (अस) । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउँदै गर्दा अचेल शहरमा लौरोको निकै चर्चा छ । परन्तु देश लौरोमा पनि परनिर्भर रहेको विषय थोरैलाई मात्र जानकारी छ । विगत दशकमा मुलुकमा लौरोको आयात ठूलो परिमाणमा भएको पाइएको छ ।
नेपालमा आयात हुने लौरोहरू चीन र भारतबाट बढी मात्रामा आउने गरेका छन् । यो तथ्यांकले नेपालमा लौरो उत्पादन गर्ने उद्योगको सम्भावना रहेको स्पष्ट हुन्छ । यसका लागि आवश्यक नीतिगत तथा प्रोत्साहनात्मक व्यवस्था हुन आवश्यक छ ।