ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

२०७९ जेठ, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ८० हजार ८६६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले एशियन डिष्ट्रिब्युटर्स प्रालिको नाममा रहेको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको नाममा रहेको २२ हजार ३३८ कित्ता र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता संस्थापक शेयर विक्रीका लागि आइतवार ३५ दिने सूचना जारी गरेको हो ।

उल्लेखित शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

शेयर खरीद गर्न इच्छुक आवेदकहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x