ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

डिप्रोक्स लघुवित्तको २० हजार कित्ता संस्थापक आजदेखि विक्रीमा

२०७९ जेठ, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आज (आइतवार) देखि उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको मितिभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x