ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मेक इन नेपाल स्वदेशी समिटमा मन्त्री बडूले भने,  'स्वदेशमै उत्पादन हुने वस्तु आयात हुनु चिन्ताजनक'

२०७९ जेठ, ९  
समाचार
Jagdamba Supershine Image Not Found
फोटो : सुनिल शर्मा / आर्थिक अभियान
author avatar अभियान संवाददाता

जेठ ९, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रको सहभागितामा रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताएका छन् ।

सोमवार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिट २०२२’सम्मेलनमा बोल्दै मन्त्री बडूले तत्काल स्वदेशी वस्तुको उत्पादन, रोजगारी बढाउनका लागि निजी क्षेत्रको सहभागितामा सरकारले रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताएका हुन् ।

उनले नीजि क्षेत्रको उत्साहजनक सहभागिता सरकारले अपेक्षा गरेको पनि बताए । रुग्ण बनेका उद्योग चलाउनको लागि मन्त्रालयको कार्यदलले मोडालिटी तयार गरिहेको उनको भनाइ छ ।

मन्त्री बडूले रुग्ण बनेका उद्योग सञ्चालन गर्ने निजी क्षेत्रलाई दिँदा मुलुक भित्र उद्योगमा वृद्धि,उत्पादन र रोजगारी वृद्धि तत्काल हुन सक्ने उल्लेख गरे । मन्त्री बडूले विगतमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा रुग्ण उद्योग सञ्चालन गर्ने कार्यक्रम आए पनि अहिलेसम्म कार्यान्वयनमा भने आउन नसकेकाले अब कार्यान्वयन गरेर सरकार अगाडि बढ्ने बताए ।

मन्त्री बडूले अहिले मुलुकको अर्थतन्त्र सकारात्मक नभएको पनि बताए । उनले पछिल्लो समय रुस र युक्रेन युद्धको कारण विश्व अर्थतन्त्र नै चुनौतिको सामना गर्नु परेकाले नेपालमा पनि त्यसको प्रभाव देखिएको बताए । मन्त्री बडूले नेपाल हरेक वस्तुमा आयातमुखी भएको भन्दै स्वदेशमै उत्पादन हुन सक्ने वस्तु पनि आयात हुनु चिन्ताजनक भएको बताए । मन्त्री बडूले निर्यातलाई प्रोत्साहित गर्ने र आयातलाई निरुत्साहित गर्ने आर्थिक नीति बनाउनु पर्ने बताए । उनले स्वदेशी उत्पादन र स्वदेशमै रोजगारी नबढाए अर्थतन्त्रमा सुधार हुन नसक्ने र अर्थतन्त्र उकास्नका निम्ति निर्यातमै जोड दिनुपर्ने बताए ।

मन्त्री बडूले स्वदेशमा उद्योग प्रवर्द्धनका लागि औधोगिक क्षेत्र, औधोगिक, विशेष आर्थिक क्षेत्र घोषणा गरिएको बताए ।उनले सरकारले आगामी आर्थिक वर्ष देखि स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि अभियान २०७९/०८९ सम्मको अभियान चलाउन लागेको बताए । मन्त्री बडूले सरकार आफै केही गर्न सक्ने अवस्था नहुने भन्दै औद्योगिक क्षेत्र र उद्योगको विकास तथा आन्तरिक उत्पादन बढाउनको निम्ति नीजि क्षेत्र सरकारको पहिलो पाटनरका रुपमा अगाडि बढ्न आग्रह गरे । उनले त्यसका लागि सरकार निजि क्षेत्रलाई दिने सेवा सुविधाहरु सरकारको क्षमताभित्र रहेर दिन तयार रहेको बताए ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मुलुकमा औद्योगिक क्रान्ति गर्न नसक्दा अर्थतन्त्रले चुनौति भोग्नु परेको बताए । उनले विश्वका अन्य देखि तीन वटा क्षेत्रमा क्रान्ति गर्दा समेत नेपालले औद्योगिक क्रान्ति पूरा गर्न नसेकेको बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय मुलुक विदेशी मुद्रा सञ्चितिको दबाबमा रहेको बताए  । उनले उद्योगी तथा व्यवसायीहरुले उद्योगमा लगानी गर्न खोज्दा समेत पूँजी अभावको समस्या भोग्नु परेको बताए । अग्रवालले लगानी गर्ने पूँजी समेत नपाउँदा निजि क्षेत्रको मनोबल कमजोर भएको बताए ।

अध्यक्ष अग्रवालले नेपालमा आन्तरिक र बाह्य लगानी प्रवर्द्धनको नीति निर्माताको सोच नियन्त्रणमुखी नभएर खुला र सहजीकरण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले त्यस्तो नीति भएमा देशमा दीगो आर्थिक विकासको आधार तयार गर्न सकिने पनि बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)