ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पेट्रोलको खरीद मूल्य २०२  र एलपी ग्यासको २५ सय नाघ्यो, अझै मूल्य बढाउने निगमको संकेत

२०७९ जेठ, १८  
उपभोक्ता
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खरीद मूल्य २०२ रुपैयाँ पुगेको जनाएको छ ।

बुधवार एक विज्ञप्ती जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट जुन १ तारिकमा आएको मूल्य सूची अनुसार पेट्रोलको खरीद मूल्य २०२ रुपैयाँ पुगेको जनाएको हो  ।

निगमका अनुसार डिजेलको खरीद मूल्य १८२ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको खरीद मूल्य २५५१ रुपैयाँ पुगेको छ । अहिले निगमले पेट्रोल १८०, डिजेल १६३ र एलपी ग्यास प्रति सिलिण्डर १८ सय रुपैयाँमा विक्री गर्दै आएको छ ।

निगमले आईओसीलाई तिर्नुपर्ने रकम समयमै भुक्तानी गर्न नसकेको पनि बताएको छ । अहिलेको मूल्य अनुसार निगमलाई एक महीनामा ६ अर्ब रुपैयाँ नोक्सानी हुने र असार सम्म उक्त नोक्सानी ६० अर्ब रुपैयाँ सम्म पुग्ने निगमको प्रक्षेपण छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x