ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सामसङले ल्यायो ‘एआई–इनेबल्ड इकोबबल’ वाशिङ मेशिन

२०७९ जेठ, २३  
बजार उपभोक्ता
Image Not Found

काठमाडौं (अस) । सामसुङ इलेक्ट्रोनिक्सले ‘एआई–इनेबल्ड इकोबबल’ वाशिङ मेशिन बजारमा ल्याएको छ । कम्पनीले उक्त वाशिङ मेशिन ८ केजी क्षमता र ९ केजी क्षमतामा ल्याएको हो । ‘२०२२ को नयाँ लाइनअप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वाशिङ मेशिनहरू सार्वजनिक गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ एआई इकोबबल वाशिङ मेशिन सहज धुलाइका लागि विशेष प्रविधियुक्त रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार वाशिङ मेशिनहरू एआई कन्ट्रोल, इकोबबल टेक्नोलोजी र हाइजिन स्टिम लगायत मोडलमा उपलब्ध छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x