ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विद्युतीय सवारीसाधन प्रयोगमा सांग्रिला बैंकको प्रोत्साहन

२०७९ जेठ, २३  
शेयर / बैङ्किङ गतिविधि यातायात
Image Not Found

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत घटाउन आफ्ना कर्मचारीलाई विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रेरित गरेको छ । सरकारले इन्धन खपत घटाउने भन्दै सातामा दुई दिन बिदा दिएको अवस्थामा बैंकले सरकारी प्रयासमा सघाउन कर्मचारीलाई प्रोत्साहन गरेको हो ।

‘सरकारी प्रयासमा सघाउने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवतजावत गर्दा विद्युतीय सवारीसाधनको प्रयोग गर्न वातावारण दिवसको अवसरमा सन्देश दिन खोजिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै आवतजावतको क्रममा सार्वजनिक यातायातको प्रयोग गर्न, कम इन्धन प्रयोग हुने सवारीसाधन, साइकलको प्रयोग र हिँडेर कार्यालय आवतजावत तथा कारपुलिङ गर्न उत्पे्ररित गरिएको बैंकले बताएको छ ।

बैंकले आइतवार विश्व वातावरण दिवसको अवसरमा ‘इन्धन बचाऊ पृथ्वी बचाऊ, साइकल चलाऊ इन्धन बचाऊ’ नारासहित साइकल र्‍याली आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले साइकल र्‍यालीमा सहभागीहरूलाई इन्धन बचाउन बैंकले चालेका कदममा कर्मचारीले सघाउनुपर्ने बताए । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट शुरू गरिएको र्‍याली भाटभटेनी, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, शहीदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबारमार्ग, लैनचौर, कालिका टावर हुँदै बैंकको केन्द्रीय कार्यालयमै पुगेर सम्पन्न गरिएको थियो । र्‍यालीमा बैंकका संस्थापक सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ,  बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x