ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तामाकोशी - ५ जलविद्युतका लागि १६ अर्ब लगानी स्वीकृत, पश्चिम सेती बनाउन प्रधानमन्त्री नै आतुर

२०७९ जेठ, २३  
समाचार विकास
Image Not Found
तामाकोशी ५ जलविद्युत आयोजनाको साइट । फोटो: अमर बडुवला/आर्थिक अभियान
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । लगानी बोर्डले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ ।

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।

उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन बुझाएको पनि बताए । 

प्रमुख कार्यकारी अधिकृत भट्टले उक्त आयोजना प्रतिवेदनको आधारमा आयोजनालाई अघि बढाउने गरी छलफल भएको बताए । भट्टले साढे दुई दशकदेखि अल्झिएको यो परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याउने बताए । बोर्ड बैठकले १०० मेगावाटको तामाकोशी-५ र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको लागि १६ अर्बको लगानी स्वीकृत गरेको सीईओ भट्टले बताए ।

उनले भने,‘लगानी बोर्डकोे बैठकको कार्यसूची दुई ओटा आयोजनाको लगानी स्वीकृतिको थियो ।  करिव १०० मेगावटको तामाकोसी भी जलविद्युत आयोजनाका लागि साढे १६ अर्बको लगानी स्वीकृत गरेका छौं । त्यस्तै ४० मेगावाटको राहुघाट जलविद्युत् परियोजनामा लगानी स्वीकृत गरेका छौं ।'

त्यस्तै ९०० मेगावाटको अपर कर्णालीको वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन बोर्डबाट प्राप्त भएको पनि भट्टले बताए ।

उनले अगाडि भने, 'त्यस्तै पश्चिम सेती जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना र राष्ट्रिय प्राथमिकता पनि बोकेको छ । त्यो परियोजनाको सवालमा राष्ट्रिय योजनाको आयोगका उपाध्यक्षको संयोजकत्वका गठित टोलीले भूआयामी अध्ययन सकेर प्रतिवेदन बोर्डमा पेस गरेको थियो । अध्ययनको सिफारिस, निस्कर्षका आधारमा बोर्डले निर्णय लिनेछ । राष्ट्रिय गौरवको आयोजना पश्चिम सेतीको डाउन स्टिममा भएको सेती रिभर ३०९ मेगावटको अर्ध जलाशययुक्त आयोजना छ, त्यसलाई पनि विकास गर्ने सवालमा छलफल भएको छ । अर्को सूर्यतारा सिमेन्ट उद्योगले ओगटेको जग्गा परिवर्तनको सवालमा छलफल भएको छ ।’

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x