ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एप्पलले ल्यायो दुई नयाँ ल्यापटप : एक पटक चार्जमा २० घण्टाको ब्याट्री ब्याकअप, नेपाली मूल्य २ लाख 

२०७९ जेठ, २४  
समाचार प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं। एप्पलले वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ दुई ल्यापटप (म्याकबुक) सार्वजनिक गरेको छ ।

एम-२ चिपसहित म्याकबुक एयर- २०२२ र म्याकबुक प्रो-२०२२ मोडेल का ल्यापटपहरू सार्वजनिक गरेको हो। कम्पनीले सन् २०२० मा पहिलो सिलिकन चिप एम-१ सार्वजनिक गरेको थियो । हाल सार्वजनिक भएका म्याकबुक त्यसैको अपग्रेडेड संस्करण हुन। यो नयाँ चिपसँगै कम्प्युटरको सीपीयू र जीपीयूको  कार्यसम्पादन क्षमता छिटो हुनेछ ।

म्याकबुकका नयाँ मोडलहरू अर्को महीनादेखि उपलब्ध हुनेछन्। म्याकबुक एयर- २०२२ को प्रारम्भिक मूल्य नेपाली १ लाख ९२ हजार रुपैयाँ  र म्याकबुक प्रो-२०२२ को नेपाली २ लाख ८ हजार रुपैयाँ हुनेछ।

एप्पलले २०२० मा पहिलो एम-१ सिलिकन चिप लन्च गरेको थियो । एम-२ चिपसेट एम-१ चिपभन्दा धेरै शक्तिशाली हुने बताइएको छ । म्याकबुक एयर- २०२२ को सीपीयू मा १८ प्रतिशत बढि कार्यसम्पादन क्षमता रहेको छ भने ३५ प्रतिशत  उच्च कार्यसम्पादन क्षमता  हुनेछ । एम-२ चिपको सीपीयू १.९  गुणा र जीपीयू एम-१  चिपभन्दा २.३ गुणा छिटो हुनेछ।

म्याकबुक एयर- २०२२  ३.६  इन्चको लिक्वीड रेटिना डिस्प्लेले हुनेछ। यसको डिस्प्ले साइज पनि बढाइएको छ। यसमा २ टीबीसम्म  एसएसडी स्टोरेजर २४ जीबीसम्म र्‍याम  हुनेछ। ल्यापटपमा १ हजार ८० पीक्सलको क्यामेरा हुनेछ। पुरानो संस्करणमा यो ७२० पीक्सल मात्रै थियो ।  यसमा सी-टाइप फास्ट चार्जिङ भएको म्याकबुकमा  एप्पलले एक पटक चार्जमा १८ घण्टाको ब्याट्री ब्याकअप भएको दाबी

एप्पल म्याकबुक एयर जस्तै, म्याकबुक प्रो- पनि एम-२  चिपसँग हुनेछ। यसमा २४ जीबी सम्मको र्‍याम  र २ टीबी सम्मको स्टोरेज क्षमता रहेको छ । यसमा १३ इन्चको लिक्वीड  रेटिना डिस्प्ले पनि छ। एप्पलले म्याकबुक प्रो-२०२२ ले एक पटक चार्जमा २० घण्टाको ब्याट्री ब्याकअप दिने दाबी गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x