ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुपारी र केराउ आयातमा सहजीकरण किन ?

२०७९ जेठ, २७  
पाठक विचार
NA

व्यापारघाटा चुलिएर डलर सञ्चितिमा दबाब परेपछि सरकारले जनताको दैनिक जीवनमा आवश्यक पर्ने स्याम्पुलगायत सामानलाई विलासिताको सूचीमा राखेर आयातमा कडाइ गरेको छ । मुलुकको अर्थतन्त्र संकटमा पर्दै गएको भनी धेरैले चिन्ता व्यक्त गरेका छन् तर सरकार भने आपूmनजिकका मानिसहरूको स्वार्थ र फाइदाअनुसार निर्णय गरिरहेको धेरैले आरोप लगाएका छन् । आन्तरिक उत्पादनलाई असर पर्ने गरी सेनेटरी प्याडमा भन्सार छूट दिएको छ भने सुपारी र केराउजस्ता दैनिक आवश्यकता कम पर्ने वस्तुको आयातका लागि भने सहजीकरण गरिदिएको छ । राष्ट्र बैंकले सुपारी, केराउ र ड्राइ फुड्स आयातका लागि डलर सटही सुविधा सहजै उपलब्ध गराउने भएको छ । बैंकले बिहीवार एकीकृत परिपत्र २०७८ मा संशोेधन गर्दै उक्त व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्थाअनुुसार सुपारी, केराउजस्ता वस्तु उद्योगको कच्चा पदार्थ रहेकाले उद्योग आफैले आयात गरेका आधारमा बैंकहरूले सटही सुविधा दिन सक्ने व्यवस्था गरेको छ ।

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले सुपारी, केराउ, मरिच, छोकडा, महँगा गाडी, टेलिभिजन, मोबाइल फोन, रक्सी तथा चुरोटजस्ता वस्तुको आयातमा रोक लगाएको थियो । तर, सीमित व्यापारीको स्वार्थमा सरकारले सुपारी, केराउजस्ता वस्तुको आयातमा कोटा तोकी प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको देखिन्छ । यसले सरकारको निर्णय हचुवामात्रै होइन, आफन्तलाई पोस्ने नियतले लिएको देखिन्छ ।

सुबोध अधिकारी
कलंकी, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x