ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

डिशहोम रिचार्ज गर्दा इलामकी राईले जितिन् एक लाख

२०७९ जेठ, २७  
बजार र यो पनि
Image Not Found

काठमाडौं (अस) । एक वर्षकोरिचार्ज गर्दा २४ महीनासम्म सेवा लिन सकिने डिशहोमको अफरमा इलामकी मन्दिरा राईले १ लाख रुपैयाँ जितेकी छन् । सो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना ग्राहकले लक्की ड्रमार्फत एक लाख नगद जित्ने अवसर कम्पनीले दिएको छ । सोही अनुसार गत हप्ताको लक्की ड्रमार्फत राईले उक्त नगद जितेकी हुन् ।

राईले इलामको पुवाखोलास्थित कुबेर इलेक्ट्रोनिक्स डिलर दाईकोमा एक वर्षको रिचार्ज गरेकी थिइन् । डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रिब्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारीले इलाममै पुगेर राईलाई उक्त नगद हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । उनीहरूले राईलाई बधाई दिँदै डिटिएचका ग्राहकले उक्त योजनामा सहभागी हुन सक्ने बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x