ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

युएनडीपीका सहायक महासचिव कान्नीले चन्द्रागिरीमा चलाए साइकल, दीगो पर्यटनमा जोड दिन आग्रह

२०७९ जेठ, २७  
स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्र्तगत पर्यटन बोर्डले गरेका कार्यक्रमका बारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

जेठ २५ गते बुधकार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक वाग्नाराजाले पर्यटन बोर्डसंग युएनडीपीको पुरानो सहकार्य रहेको उल्लेख गर्दै पछिल्लो समय युएनडीपीसंग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दीगो पर्यटन विकासमा जोड दिन आग्रह गरे । 

उनले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै बोर्डले गरेका पर्यटन मजदूरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तार जस्ता कार्यले दीगो पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले युएनडीपी जस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको चर्चा गर्दै सरकार पर्यटन बोर्ड दीगो पर्यटन प्रर्वद्धन गर्दै आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको जानकारी दिए । 

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडीपीको लामो सयम देखि योगदान रहेको उल्लेख गर्दै आउँदा दिनमा पनि युएनडीपीबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए । 

उनले पछिल्लो समय युएनडीपीको सहयोगमा सञ्चालिन जिविकोपार्जनका लागि पर्यटन पुनरुत्थान कार्यक्रमबाट कोभिडबाट पर्यटन क्षेत्रमा परेको असर न्युनिकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथाा पर्यटकीय गन्वयको विकासमा सहयोग पुगको जानकारी दिए । 

यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करीब ६ हजार जनालाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिँदै यो कार्यक्रममा स्थानीय तह तथा पर्यटनसंग सम्बनिधत संस्थाहरुसंगको सहकार्यमा गरिएको बताए । 

कान्नीछारा चन्द्रगिरीमा निमार्ण गरिएको फुट ट्रेल तथा साइकल ट्रेलको अवलोकन

यसैबीच राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका सहायक महासचिव कान्नी वाग्नाराजा, युएनडीपीको नेपालका लागि आवासिय प्रतिनिधि आएसान्यी मेगागन्गोडा लावे, डेपुटी आवासिय प्रतिनिधि बर्नाडो कोकोले एसटीएलआरपी परियोजना अन्तर्गत काठमाण्डौंको चन्द्रगिरीमा निमार्ण गरिएको फुट ट्रेल तथा साइकल ट्रेलको अवलोकन गरेका छन् । 

सो कार्यक्रममा युएनडीपीको टीमलाई स्वागत गर्दै चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरी आफैमा महत्वपूर्ण पर्यटकीय गन्त्वय रहेकोमा पर्यटन बोर्डमार्फत एसटीएलआरपी परियोजनाले गरेका थप कामले यस क्षेत्रमा नयाँ पर्यटकीय प्रडक्ट विकास भएको बताए । कान्नीले दीगो पर्यटन विकासमा नगरपालिकाले गरेको कार्यको समेत प्रशंसा समेत गरे । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x