ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

संघीय चुनावमा स्वतन्त्र उम्मेदवारले जित्लान् ?

२०७९ जेठ, ३०  
पाठक विचार
NA

काठमाडौं महानगरपालिका र धरान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई विभिन्न दृष्टिकोणलाई विश्लेषण गर्ने काम अझै जारी छ । काठमाडौंलगायत अन्य केही शहरको मेयरमा स्वतन्त्र उम्मेदवारले बाजी मार्नुका पछाडि धेरै कारण छन् । ती अर्थराजनीतिसँग सरोकार राख्ने खालका छन् ।

धेरैको विश्लेषणमा पुराना पार्टी र तिनले अघि सार्ने उम्मेदवारप्रतिको असन्तुष्टि नै स्वतन्त्र उम्मेदवार विजयी हुनुको कारण हो । खासमा स्थानीय तहमा राजनीतिक दलको नेतृत्व भन्दा स्थानीय समस्यालाई बुझेको र केही नयाँ सोच भएको व्यक्ति नै उपयुक्त हुन्छ भन्ने सोच जनतामा आउनु स्वतन्त्र उम्मेदवार विजयी हुनुको कारण हो भनिन्छ ।

हुन त राजनीतिक विकृतिबाट धेरै मानिस दिक्दारिएका छन् । भन्दा कानूनी राज्य भनिन्छ, कानूनको मर्मअनुसार न कुनै मुद्दाको फैसला हुन्छ न कानूनी मान्यतामा हिँड्ने नै प्रयत्न गरिन्छ । देशको गरिमामा आँच आउने नआउने, भावी पुस्ताका लागि नजीर बन्ने वा नबन्ने, देशलाई घाटा हुने वा नहुने कुनै पनि तथ्यमा रहेर फैसला हुने गरेको पाइँदैन ।

दलका नेताहरूमा रेन्ट सिकिङले ग्रस्त भएको कारणले कुनै पनि क्षेत्रको विकासले गति लिन सकेको छैन । यसैका कारणले हुन सक्छ राष्ट्रिय सम्पदाको दुरुपयोग हुन पुगिरहेको हुन्छ । कसरी सम्भव छ ? यी र यस्तै विकृतिहरूको नैराश्यका साथै दलहरूप्रति उदासीनताका कारण ‘नो भोट’को उपज हो स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको विजय । नो भोटको व्यवस्था मतपत्रमा हुने तथा ५० प्रतिशत मत ल्याउनुपर्ने जस्ता व्यवस्था हुने हो भने राजनीतिक दलमाथि निकै नै अंकुश लाग्न सक्छ । तर, विपक्षीले भन्दा बढी मत ल्याएपछि विजयी हुने व्यवस्थाले गर्दा राजनीतिमा बढी विकृति भित्रिएको हो ।

आगामी संसद्का लागि हुने निर्वाचनमा केही व्यक्तिले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्न थालेका छन् । केही मेयर जित्दैमा संसद्मा स्वतन्त्र उम्मेदवारले जित्न्छन् भन्ने छैन । अर्को जिते छन् भने समानुपातिकमा के हुने भन्ने प्रश्न पनि उठेको छ ।

व्यक्तिले जितेर संसद्मा हुने खासै केही पनि हुँदैन । त्यसैले संसद्को चुनावमा जित्ने सम्भावना कमै हुन्छ । स्थानीय निर्वाचन र संसदीय निर्वाचनको अन्तर नबुझेर स्वतन्त्र उम्मेदवार बन्ने लहर आएको देखिन्छ । यो लहरले निर्वाचनमा भोट काट्न सहयोग गर्ला तर अन्य कुरामा फरक पार्ला जस्तो देखिँदैन ।

रमेश महर्जन
नयाँ बजार, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x