ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निजी स्टक एक्सचेन्ज आवश्यक

२०७९ असार, १  
१० वर्ष अघि
NA

धितोपत्रसम्बन्धी ऐन २०६३ ले निजी क्षेत्रले पनि स्टक एक्सचेन्ज सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि नेपालको पूँजीबजार फस्टाउने अपेक्षा गरिएको थियो । सरकारले सञ्चालन गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकाधिकार तोडिने र प्रतिस्पर्धाले स्थान पाउने देखेर सम्बद्ध लगानीकर्ता निकै उत्साहित भएका थिए । ऐनले बाटो खोलिदिएपछि चारवटा कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पनि दिए । तर, तिनका बारेमा नियामक निकाय बोर्डले कुनै निर्णय गर्न सकेको छैन । बोर्डको ढिलाइका कारण अहिले एक्सचेन्ज सञ्चालन गर्न चाहने निजी कम्पनीहरू अलमलमा परेका छन् ।

नेपालको पूँजीबजारमा बेलाबेलामा अकल्पनीय परिणाम देखा पर्दै आएका छन् । सीमित समूह वा व्यक्तिको चाहनामा शेयर बजार घट्ने वा बढ्ने गरेको नेप्से र धितोपत्र बोर्डका अधिकारीहरूले स्वीकार गर्दै आएका छन् । यसो हुनुको एउटा प्रमुख कारण एक्सचेन्ज प्रतिस्पर्धारहित हुनु हो अर्थात् त्यसमा एकाधिकार कायम हुनु हो । एकाधिकार बजार अर्थतन्त्रको सिद्धान्तविपरीत छ । बजार प्रतिस्पर्धी नहुँदासम्म त्यसले गति लिन गाह्रो हुन्छ । तर, सरकारी अधिकारी भने निजी क्षेत्रको प्रवेशपछि नेप्से समस्यामा पर्ने हो कि भन्ने त्रासपूर्ण मानसिकतामा देखिएका छन् । धितोपत्र बोर्ड र नेप्सेबीच पटकपटक विवाद हुँदै आएको छ । नेप्सेले निर्देशन पालना गर्न अटेर गरेको बोर्डले बताउँदै आएको छ ।

(सम्पादकीयबाट)
वर्ष ६ अंक १, शुक्रवार १८ भदौ, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x