काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार गर्ने सम्बन्धी सम्झौता गरिएको छ । सबैभन्दा छिटो समय (१० दिन १८ घण्टा ३० मिनेट)मा सगरमाथा आरोहण गरेका गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर शेर्पा र बैंकबीच भएको सम्झौतामा बैंकका प्रमुख बजारीकरण प्रबन्धक तथा संस्थागत मामिला विभाग वसन्त बक्शी र शेर्पाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार शेर्पाले ब्राण्ड इन्फ्लुएनसरको रूपमा काम गर्नेछन् ।