ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिटीसी मलको लिलामी प्रक्रिया रोकियो

२०७९ असार, २  
समाचार घरजग्गा
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । सुन्धरास्थित सिटीसी मलको लिलामी प्रक्रिया रोकिएको छ ।

कर्मचारी सञ्चयकोषको ऋण नतिरेपछि कोषले गत वैशाख २६ गते लिलामीको लागि ३५ दिने सूचना जारी गरेको थियो ।

तर मलका सञ्चालक इच्छाराज तामाङका आफन्त अदालत गएपछि मलको लिलामी प्रक्रिया रोकिएको कर्मचारी सञ्चयकोषका प्रवक्ता दामोदर सुवेदीले बताए ।

'मलका सञ्चालक इच्छाराज तामाङका आफन्तले लिलामी प्रक्रिया रोकी पाउँ भनेर मुद्दा दायर गरेपछि यो प्रक्रिया रोकिएको छ ।' सुवेदीले भने, 'अब अदालतले बाटो नखोलेसम्म अगाडि बढ्न मिल्दैन।' 

६ रोपनी जग्गामा बनेको सिटीसी मल ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । उक्त मलमा १३२ ओटा सटरहरू निर्माण गरिएको छ ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटीसी मल लिलामीका लागि गत पुस देखि नै सञ्चय कोषले मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।

कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोहीपनि ऋणचुक्ता गर्न नआएकोले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।

कोषले गत मंसिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण नतिरे धितोमा रहेको सिटीसी मल लिलामी गर्ने चेतावनी दिएको थियो । उक्त अवधि गुज्रेपछि वैशाख २६ गते फेरि ३५ दिने सूचना जारी गर्दै लिलाम बढाबढमा बोलकबोल गर्न आग्रह गरेको थियो।

कोषबाट ऋण लिन सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्गफिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ ओटा पसलहरु धितो राखिएको थियो ।

मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेका छन्। व्यक्तिगत जमानीकर्ता तर्फ उनीहरुसहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन् ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x