ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

साना किसान लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी

२०७९ असार, २  
रोजगारी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं  । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले  विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले केन्द्रीय कार्यालय सहित विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो । 

कम्पनीले केन्द्रीय कार्यालयको लागि प्रवन्ध अधिकृत २ जना, वरिष्ठ अधिकृत २ जना, वरिष्ठ सहायक (सूचना प्रविधि) १ जना र इलाका कार्यालयको लागि सहायक द्वितीय तह-४ पदका लागि ५ जना कर्मचारी मागेको हो ।     

कम्पनीले आज अर्थात् असार २ गतेदेखि ३० गतेसम्म र सो पछि दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्मको अवधिभित्र दरखास्त आह्वान गरेको हो । 

ईच्छुक उम्मेदवारले jobs.skbbl.com.np/rec बाट अनलाइन आवेदन दिन पर्ने कम्पनीले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)