ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वायुप्रदूषणको बढ्दो चिन्ता

२०७९ असार, ५  
पाठक विचार
NA

काठमाडौं उपत्यका कचौरा आकारको भएकाले यहाँको प्रदूषित हावा बाहिर निस्कन गाह्रो हुन्छ भन्ने वातावरणविद्को भनाइ पाइन्छ । पूर्वतिरको भन्ज्याङ भत्काएर मात्रै यसको समाधान हुन सक्छ भन्ने एकथरीको भनाइ छ । वायुप्रदूषणकै कारण वर्षेनि हजारौंले ज्यान गुमाएको तथ्य सबैले थाहा नपाएझैं गरिरहेका छन् । त्यसैले वायुको गुणस्तर सुधार्न कसैलाई चासो छैन । जनता पनि प्रदूषणको शिकार बन्दै गएको थाहा पाएर पनि त्यसबाट बच्न उपाय अपनाइरहेका छैनन् ।

वायुप्रदूषणका कारण मानव जीवन संकटमा परिरहेका बेला एक चिन्ताजनक अध्ययन रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकाको शिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिच्युटले वायुप्रदूषणका कारण विश्वमा मानिसको आयु २ वर्ष घटेको पत्ता लगाएको छ । दक्षिण एशियामा भने बढी प्रदूषण भएकाले मानिसको आयु ५ वर्ष घटेको छ । विश्वका ९७ प्रतिशत मानिस जहाँ वायुप्रदूषणको अवस्था कमजोर छ, त्यहाँ बस्छन् ।

सन् २०१३ पछि विश्व वायुप्रदूषणमा भारतको अंश ४४ प्रतिशत रहेको छ । चीनले भने वायुप्रदूषण नियन्त्रण युद्धस्तरमा गरिरहेको छ । ऊ पनि वायुप्रदूषण बढी पैmलाउने राष्ट्रको सूचीमा अग्रणी नै छ । नेपालमा पर्याप्त अध्ययन भएको छैन । तर, जति अध्ययन भएको छ, त्यसले काठमाडौं उपत्यकालाई विषको कचौरा भन्ने नै देखाएको छ । तर, यो मन्द विष पिउन मानिसहरूको भीड बढेको बढ्यै छ । तर, केन्द्र र स्थानीय सरकार कसैको पनि ध्यान यसमा गएको छैन । यो केही वातावरणवादीको मुद्दामात्रै बन्नु निकै निराशाको विषय हो । के सरकार यति धेरै अनुदार बन्न पाउँछ ?

मौसम पराजुली
रानीबन, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x