असार ५, काठमाडौं । कुमारी क्यापिटलले निष्कासन गरेको सामुहिक लगानी कोष योजनाको इकाइ बाँडफाँड भएको छ । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाइ शुक्रवार बाँडफाँट भएको हो ।
कुमारी धनवृद्धि योजनाको प्रति इकाइ रु. १० दरको १२ करोड इकाइ जेठ १२ देखि जेठ २६ गतेसम्म निष्कासन भएको थियो । क्यापिटलका अनुसार विजपूँजी वापतको १ करोड ८३ लाख ७६ हजार ८९ इकाइ कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँट गरिएको र बाँकी रहेको १० करोड ४१ लाख ३१ हजार १७० इकाइ अन्य आवेदकलाई बाँडफाँट गरिएको छ ।
आवेदन दिएका १ लाख ३९ हजार १३९ जनामध्ये रितपुर्वक आवेदन दिने १ लाख ३९ हजार ९३ जना आवेदकहरूलाई माग गरे बमोजिम इकाइहरू बाँडफाँट गरिएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्