असार ५, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई कारोबार हुने दिन परिवर्तन भएको छ ।
यसअघि सोमवारदेखि शुक्रवारसम्म कारोबार हुँदै आएको उक्त इकाईको असार १ गतेदेखि आइतवारदेखि शुक्रवारसम्म कारोबार हुन लागेको हो ।
सरकारले असार १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेसँगै उक्त योजनाको इकाई कारोबार हुने दिन परिवर्तन भएको हो ।यो इकाई आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार गर्न सकिने व्यवस्था छ ।
शनिवार तथा अन्य सार्वजनिक बिदाका दिन कार्यालय तथा काउन्टर बन्द रहने पनि एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस :