ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

 जीवित व्यक्तिको मृत्यु दर्ता गरेर चार करोड रुपैयाँ बराबरको जग्गा विक्री, पाँच जना पक्राउ

२०७९ असार, ५  
घरजग्गा
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । जीवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

आइतवार केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गा बेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल, सोलुखुम्बु घर भई बुढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घर भई वनस्थली बस्ने ममता भन्ने डासीमाया श्रेष्ठलाई सार्वजनिक गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुले २४ वर्षदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा शान्तिदेवीको मृत्युदर्ता प्रमाणपत्र दर्ता गरेर जग्गा बेचेको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा अहिले जग्गाको बजार मूल्य प्रतिआना ३५ देखि ४० लाख रुपैयाँसम्म रहेकोले उक्त जग्गा कम्तिमा चार करोड रुपैयाँ भन्दा बढी मूल्यको हो ।

पक्राउ परेका व्यक्तिहरुले शान्तिदेवीको मृत्यु दर्ता र उनको नक्कली श्रीमान तयार गरेर जग्गा बेचेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए ।

गएको जेठ ५ गते नेपाल आएकी शान्तिदेवीले मालपोत कार्यालयमा वायोमेट्रिक गर्न जाँदा आफ्नो जग्गा विक्री भइसकेको थाहा पाएको प्रहरीले बताएको छ । पीडित शान्तिदेवीले प्रहरी
कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

गिरोहले शान्तिदेवीको मृत्यु भएको भन्दै मृत्यु प्रमाणपत्र पेस गरेर उनका श्रीमान तारानिधि लोहनी भन्दै नक्कली श्रीमान बनाएर नामसारी गरेका थिए । नक्कली तारानिधि बनेका व्यक्तिको नामबाट २०७७ फागुन १० गते सुनिता कर्माचार्यको नाममा नामसारी भएको अनुसन्धानका क्रममा खुलेको ब्यूरोले बताएको छ ।

ती नक्कली तारानिधि बनेका व्यक्तिले शान्तिदेवीको मृत्यु २०७७ भदौ १३ गते कालगतिले भएको र उसको हकवाला आफू श्रीमान भएको भन्दै कीर्ते कागजातहरू बनाएर २०७७ पुस १५ गते मृत्यु नामसारी गराएका थिए । पक्राउ परेका महावीर चन्द जग्गाधनी शान्तिदेवी लोहनीको नक्कली श्रीमान बनेका थिए ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x