ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

रवि लामिछानेले घोषणा गरे नयाँ राजनीतिक दल, यस्ता छन् ऐजेण्डा

२०७९ असार, ७  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' राखेको बताएका छन् । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहबाट उनले आफ्नो पार्टीको घोषणा गरेका हुन ।

उनले पार्टीमा भातृ संगठन गठन नगर्ने, कोहीले पनि कार्यकर्ता बनेर झोला बोक्न नपर्ने लगायतका नारा अघि सारेका छन् । देशको जुनसुकै ठाउँबाट चुनाव लडेपनि एक जना खराब राजनीतिज्ञलाई संसद छिर्नबाट आफूले रोक्ने भन्दै अन्य ठाउँबाट अरू स्वतन्त्र उम्मेदवारहरूले रोक्नुपर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मध्ये कुनै एक ठाउँबाट आफूले चुनाव लड्ने पनि संकेत गरेका छन् ।

उनको राजनीतिक दलमा प्रारम्भिक निर्वाचन, बहुसंख्यक युवा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री, राइट टु रिकल एन्ड राइट टु रिजेक्ट, डिजिटल डेमोक्रेसी, परिवारवाद निषेध, भ्रातृ संगठन र कार्यकर्तारहित संगठन हुने छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x