ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

७० प्रतिशतभन्दा कम क्षमतामा चल्दै हस्तकला उद्योग

२०७९ असार, ८  
बजार
NA

काठमाडौं (अस) । नेपाली हस्तकला उद्योगहरू आफ्नो कुल क्षमताको ७० प्रतिशतभन्दा कममा चलेको बताइएको छ । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंद्वारा मंगलवार आयोजित ‘नेपाललाई सन् २०२६ सम्ममा अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति गर्ने : हस्तकला क्षेत्रमा साना तथा मझौला उद्योगका लागि चुनौती’ विषयक कार्यक्रममा सहभागी व्यवसायीले यस्तो बताएका हुन् ।

नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंकी अध्यक्ष मीरा भट्टाराईले कोरोना महामारी र अहिलेको रुस–युक्रेन तनावका कारण निर्यात व्यापार घटेसँगै हस्तकला उद्योगको उत्पादन क्षमता ३० प्रतिशतले घटेर ७० प्रतिशतमा सीमित भएको बताइन् । निर्यातको समस्याका कारण उद्योगको उत्पादन क्षमता घट्दा ती उद्योगसँग जोडिएर काम गर्ने लाखौं श्रमिकको दिनचर्या समेत कष्टकर बन्दै गएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको असामान्य किसिमको विश्व अर्थतन्त्रको प्रभाव नेपालमा समेत परेकाले त्यसको असर हस्तकला उद्योगमा समेत परेको बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x