असार ८, काठमाडौं । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इञ्जिनियरिङ सेवामा कर्मचारी माग गरेको छ । आयोगले सब–इञ्जिनियर र खानेपानी तथा सरसफई टेक्निसियनहरू १२ जना माग गरेको हो ।
उक्त पदहरूमा असार २८ गतेसम्म दरखास्त दिनु पर्ने छ । दोब्बर दस्तुर तिरेर असार २९ गतेदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
दरखास्त अनलाइन मार्फत दिन सकिने छ भने दरखास्त दस्तुर पनि कनेक्ट आईपीएस र बैंक भैचरमार्फत तिर्न सकिने छ ।
सम्पूर्ण जानकारीका लागि तलको सूचना हेर्नुहोला