ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन विहीवार

२०७९ असार, ८  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।

कम्पनीले कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर असार १ देखि लिलामीमा विक्री खुला गरेको हो । कुल ९ लाख ४० हजार ४६६ कित्तामध्ये संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता रहेको छ ।

इच्छुक आवेदकले कार्यालयसम्म लिलामी शेयरमा आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ । शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै बैंक अफ काठमाण्डूको शाखा कार्यालयहरु मेनरोड विराटनगर, आदर्शनगर वीरगञ्ज, न्यूरोड पोखरा, ट्राफिक चोक बुटवल, सुर्खेतरोड नेपालगञ्ज, विरेन्द्रनगर सुर्खेत, मेनरोड चौराहा धनगढीबाट बोलपत्र आवेदन फारम पाउन र बुझाउन सकिनेछ।

साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा, मकवानपुर शाखा कार्यालय, पुतलीसडक काठमाडौं, नारायणगढ चितवन,पोखरा कास्की, बुटवल रुपन्देहीमा पनि बोलपत्र बुझाउन सकिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)