असार ८, काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले इटहरी र हेटौँडा शाखा कार्यालयको लागि १ जना शाखा प्रवन्धक पदमा कर्मचारी मागेको हो । त्यस्तै बनेपा र हेटौँडा शाखा कार्यालयको लागि क्रेडिट (आरएम) पदमा २ जना कर्मचारी माग गरेको हो ।
यसैगरी, कम्पनीले बजार प्रतिनिधि पदका लागि पोखरा, बुटवल, चितवन, हेटौँडा र पुतलीसडक शाखाका लागि २ जना कर्मचारी मागेको हो ।
कम्पनीले इच्छुक र योग्य उम्मेद्वारहरूलाई आफ्नो आवेदन वायोडाटा र भर्खर खिचेको पासपोर्ट साइजको फोटो सहित असार १४ गतेभित्र [email protected] मा पठाउन अनुरोध गरेको छ ।