काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्नेहरूलाई विदेशी मुद्रा सटही सुविधा दिने भएको छ । बैंकले हजयात्राका लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा दिने जानकारी गराएको हो । हजयात्रीले बैंकको कान्तिपथ, ठमेल, तीनकुने र सिनामंगल शाखाबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सक्नेछन् । हजयात्रीको सुविधालाई दृष्टिगत गदैै उक्त व्यवस्था गरिएको बैंकले बताएको छ ।