असार ९, काठमाडौ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरले कर्मचारी माग गरेको छ । केन्द्रले डाटा विश्लेषक र हटलाईन अपरेटर पदका लागि एक-एक जना कर्मचारी माग गरेको हो ।
केन्द्रले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । सूचनामा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तथा सो दिन सार्वजनिक बिदा परेमा त्यस दिनको भोलिपल्ट कार्यालय खुलेको दिन दरखास्त दिनुहुन उल्लेख छ ।