असार ९, काठमाडौं । माछापुच्छ्रे बैंकले १ लाख ६४ हजार १३१ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले बिहीवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी दिएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम कम्पनीका संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले बताएको छ ।