काठमाडौं– नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दीपुराज ज्वारचनले निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति पाएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि महाप्रबन्धकको अस्थायी नियुक्ति दिइएको हो ।
‘मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।